जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका-९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...