चोरीका एक दर्जन मोटरसाइकलसहित ७ जना पक्राउ

 

बारा । बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, BR 05 F 0603, BR 05 A 9062, , ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

 

प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाँउका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगपालिका वडा न‌ं. २० बस्ने २० वर्षीय दिपेन्द्रकुमार महतो, सोही ठाँउका १९ वर्षीय राधेश्याम महता, सोही ठाँउका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नं. ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नं. २ का २६ वर्षीय पंचालाल बलोनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

 

मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल मानिस बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

 

कमेन्टहरु
Loading...