महोत्तरीमा बैंक लुटेको दुई महिनापछि एक जना भारतीय पक्राउ

 

 

महोत्तरी। महोत्तरीस्थित एनमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाइ प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ ।

 

१६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ पैसा चोरी गरेर फरार भएका मध्यका एक जना भारतियलाइ प्रहरीले पक्राउ गरेको हो ।

 

बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाको २० बर्षिय अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

झण्डै ४,५ जनाको समुहमा आएका नकावधारी समुहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रुपैया सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।

 

त्यसयता विभिन्न माध्यमवाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछी निक्कै आलोचना समेत खेप्नुपर्‍यो ।

 

पक्राउ परेका उन्लाई मुकुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी सिर्षकमा मुद्दा  दर्ता गरेर थप अनुसन्धान भैइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

कमेन्टहरु
Loading...