गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एकजनाको मृत्यु

गोरखा । गोरखामा निर्माणधीन धन्सार भत्किँदा एक जनाको मृत्यु भएको छ । गण्डकी गाउँपालिका–४ पाटापाटीमा जंगबहादुर बरामको निर्माणाधीन धन्सार भत्किँदा उनकी ४१ वर्षीया श्रीमती मिना बरामको मृत्यु भएको हो ।

सोही घटनामा जंगबहादुरका छोरा सुजन बराम र काम गर्न गएका छिमेकी रामकृष्ण बराम घाइते भएका छन् । घाइतेमध्ये रामकृष्णको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं लगिएको छ भने सुजनको अवस्था भने सामान्य छ ।

कमेन्टहरु
Loading...