काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशूलीमा खस्यो

पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिसुलीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मा पर्ने सडकखण्डमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो ।

बस बिहान करिब १०ः४० बजे त्रिशूली नदीमा खसेको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

कमेन्टहरु
Loading...