पोखरामा बुधबार (आज) बिहान भएको सवारी दुर्घटनाबाट १ जनाको मृत्यु, २ जना घाइते

पोखरा । पोखरा महानगरपलिका वडा नं. १८ मा आज भएको सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छभने २ जना घाइते भएका छन् ।

बुधबार (आज) बिहान करिब सवा ९ बजे पोखरा १८ चिसाखोला नजिक मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग३च २६०३ नं.को दुध बोक्ने सिङ्गल क्याप बोलेरो अनियन्त्रीत भई दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । उक्त जिप अनियन्त्रीत हुँदा सडकदेखि २० फिट तल खसेको हो ।

दुर्घटनाबाट उक्त जिप चालक पोखरा १८ ग्यारजातीका कृष्णबहादुर थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही स्थानका हिमकला थापा र चन्द्रकला थापा घाइते भएका छन् । उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...