काठमाडौंबाट पोखराहुँदै बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु (अपडेट)

पोखरा । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बस त्रिसुलीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२ सडकखण्डको त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।
त्यस्तै आठ जना घाइते भएका प्रहरीले जनाएको छ ।

३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान करिब १०ः४० बजे त्रिशूली नदीमा खसेको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी खटिरहेका छन् ।

कमेन्टहरु
Loading...