बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना भने घाइते भएका छन् ।

 

मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय विक रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुईजनाकाे धौलागिरी अस्पतालमा उपचार भएकाे छ ।

 

बागलुङको सदरमुकामबाट ओखलेतर्फ जाँदै गरेको ग १ ज ७१ ९० नम्बरको बोलेरो जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनालगतै चालक भएका फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

कमेन्टहरु
Loading...