युवा व्यवसायी न्यौपाने दम्पत्तीको निधन

पोखरा । युवा व्यवसायी मेघबहादुर न्यौपाने र उनकी श्रीमति शान्ति न्यौपानेको मोटर साइकल दुर्घटना परी निधन भएको छ ।

मेघबहादुर नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफुल ढुवानी इकाई पोखराका पूर्व अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीका पूर्व अध्यक्ष हुन् ।

मनकामना दर्शन गरेर जन्म घर धादिङ फर्कने क्रममा पृथ्वीराजमार्गको कुरिनटार नजिकै मोटर साइकल त्रिशुली नदिमा खसेर न्यौपाने दम्पत्तीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

मोटर साइकल त्रिशुली खसेर वेपत्ता शान्तिको शव सोमबार फेला परेको थियो भने मेघबहादुरको शब शुक्रबार फेला परेको हो । न्यौपाने दम्पत्तीका दुई छोरी छन् ।

कमेन्टहरु
Loading...