लागूऔषधसहित कञ्चनपुरबाट दुई भारतीय पक्राउ

 

 

कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका-१० सडकघाटबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

कञ्चनपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह रहेका छन् । नेपाल भारत सीमा क्षेत्रबाट मोटरसाइकलमा सवार उनीहरू १० दशमलव ३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेको प्रहरीको भनाइ छ ।

उनीहरूलाई कानुनी कारबाहीका लागि प्रक्रिया थालिएको कञ्चनपुर प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...