‘सम्झनामा मदन–आश्रित’

सम्झनामा ताजै रह्यो मदन–आश्रित आज,
खड्क्यो सधै दुबै नेता हामी सबको माझ,

मदनआश्रित मारेको नी बित्यो ३० वर्ष ,
भएन नी कहिले पनि हामीलाई हर्ष,

मारिदियो महान हाम्रा दुबै नेता प्यारा,
अध्यारो भो विश्व आज जगत शून्य सारा,

धनमा विक्यो होकी कसो अमर लामा अनि,
सत्य तथ्य थाहा भएन अहिले सम्म पनि,

रहस्यमय हत्या भयो पत्ता लाउने हो कहिले,
हामी माझ खड्किरह्यो यही विषय जहिले,

दुबै नेता साथमा भए देशमा विकास हुन्थ्यो ,
दुरदृष्टी बिलिन भयो कुरा कसले सुन्थ्यो,

हामी सबले सम्झि राख्छौं दुई आँखाको नानी,
अदृष्य यो शक्ति गुम्यो सबको मन खानी,

अमर लामा किन मारे लखेटेर फेरि,
छानविन किन भएन यो सत्य तथ्य हेरी,

श्रद्धा सुमन चढाउँ हामी महान नेतालाई ,
सम्झनामा मात्र केवल रहनु भयो हाई,

जवजलाई आत्मसाथ गर्दै बढौं अघि,
देखाएको बाटो हिडौं नहटेर पछि,

विदेशी शक्ति नेपाललाई लागे ध्वस्त पार्न ,
जवजको मार्गदर्शन हुन्न भन्छ हामी हार्न ,

पार्टी पंक्ति एकजुट बनोस राखी स्वाभिमानी ,
देश बचाउने एमाले नै हो आफ्नो कर्तव्य ठानी ।।

 

-बिजया सुवेदी

कमेन्टहरु
Loading...