भोजपुरी साधक द्विवेदीको निधन

पोखरा । भाषा, साहित्य र संस्कृतका अध्येता उमाशंकर द्विवेदी ‘दधिची’को हृदयघातका कारण शनिवार दिउँसो निधान भएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरी निवासी ६८ वर्षीय द्विवेदीलाई घरमा ह्रदयघात भएपश्चात बयोधा मेडिसिटी अस्पतालमा पु¥याइएकोमा अस्पतालले मृत घोषित गरेको हो ।

वाङ्मयका क्षेत्रमा दधिची नामले परिचित उनी वीरगन्ज महानगरपालिकाले पहिलो पटक स्थापना गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्षसमेत हुन् ।

देशका विभिन्न स्थानका स्थानीय भाषा, संस्कृति रहनसहन र रीतिरिवाज अध्ययनमा समय खर्चेका दधिचीले नेपालीय भोजपुरी साहित्यको पहिलो खण्डकाव्यसमेत प्रकाशन गरेका थिए ।

इञ्जिनियरिङ्ग अध्ययनपछि सरकारी सेवानिवृत्त दधिचीका नेपाली तथा भोजपुरी भाषामा अनुवादित एक हजार भन्दा बढी स्तम्भ लेख प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य दधिचीका भोजपुरी भाषामा ‘विदागिरी’ खण्डकाव्य, ‘चुरइन,’ ‘दगबेर’ कथासङ्ग्रह, ‘हमरा गाँव के लोग’ उपन्यास निकै चर्चित कृति हुन् ।

दधिचीका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

कमेन्टहरु
Loading...