कोरियामा नेपालीद्वारा नेपालीकै हत्या

गन्थन संवाददाता । दक्षिण कोरियाको जिनछन भन्ने ठाउँमा कोठामा संगै बस्ने साथीहरु बिच रक्सी पिएर भनाभन भएपछि हिजो राति ११:४० बजे एक २९ बर्षिय नेपालीले आफ्नै कम्पनीमासँगै काम गर्ने नेपाली सहकर्मीको हत्या गरेका छन् ।

हिजो (मंगलबार) राती करिव ११ः४० को समयमा छुङछनवोक्दो मा रहेको एक कम्पनीको होस्टेलमा विवाद पछी झगडा गर्दा अर्का २७ बर्षिय नेपाली सहकर्मीलाई धारिलो हतियार प्रहार गरी ह’त्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ।

परिचय गोप्य राखिएका हत्या आरोपी यूवा समेत शख्त घाईते अवस्थामा फेला परेका थिए । उनलाई अहिले अस्पतालमा उपचार गरिएको छ। मृत्यु हुने नेपालीमा नुवाकोट घर भएका र मार्ने यूवाको चाहिँ पाँचथर घर भएको बुझिएको छ।

कमेन्टहरु
Loading...