सात (कविता)

हुन त साना तिना प्रदर्शन
आन्दोलन त दिनहुँ भैरहन्थे
किन्तु परन्तु तिनलाई त्यस्तो महत्व दिन
जरुरी मान्दैनथ्यो उ।
तर आज धेरै फरक पायो
उस्ले
आन्दोलनमा अत्यन्त तिब्र बेग ,
आन्दोलनकारी को झुण्ड्ले
उस्ले स्वघोषणा गरेको
निषेधित क्षेत्र तोडेपछी
अन्तत उ प्रदर्शनकारी सङ्ग
निरीह भै बार्ताको टेबलमा बसि
शब्दमाथि लगाएको अंकुस मा
फुकुवा गरिदियो
फलत कैयौं आन्दोलनकारी शब्द मध्यका
केही शब्द लाई यहाँ लिपिबद्द गर्दैछ ,

गाउँमा बस्दै गर्दा
जागिरको अलवा
समाजसेवा भिन्नभिन्न , संघसंस्था
राजनैतिक पार्टिको
निर्णायक र नियामक निकायमा रहि
फरक फरक भुमिकामा उस्ले
सकेको योगदान दिएरै होला
उ जन्मेको ११ औँ दिनमा
बा-आमाले आयोजना गरेको
न्वारन नाम गरेको समारोहका
प्रमुख अतिथी द्वय
स्व. साईलाँ पण्डित
जो उस्का
पुर्ख्यौली पुरोहितका एक बंशज थ्ये
उनैले निर्धारण गरिदिएको
नाम भन्दा बेशी
आफैले बनाएको पहिचानले
परिचित थ्यो
ए अँ चिर परिचित चैँ हैन

उ शान्त थ्यो
बसिबियालोँ पुगेकै थ्यो ,
तर आफ्ना रहरहरु पूरा गर्न
उस्का बा-आमाले
हैसियत भन्दा बढी मेहेनत गर्दै गर्दापनि
पूरा हुन नसके पश्चात
उस्को मानसपटलमा यहि बस्यो
कि उस्का
भावी सन्ततिको रहर
पुरा गरिदिनको निमित्त
ठाउँमा पुगेर
भलै उस्लाई
देशद्रोहीको आरोपै किन नलागोस
स्वाभिमान को तिलान्जली दिएर ,
राष्ट्रवादको खोक्रो आदर्श छाडेर
आत्मसम्मानको चिता सजाएर ,
अर्काको चर्को गुलामी गर्न
अन्तरमन बाटै तम्तयार हुनै पर्छ

कमाई अर्थात {कम – माई (My) आफ्नो कम}
अर्काको अधिकार ज्यादा भएरै हुदोँ हो उ
छदाँ खादाँ को सरकारी जा-गिर
माया मारेर बिदेश हिड्ने दुस्साहस साच्यो
हप्ताका ६ दिन कम्पनी मा
चर्को घाम सङ्ग जुद्धै
आफुँलाई अझ बढी कालो पाएकै हो
तर
त्यतिले पनि नपुगेर
आफ्नो कालोपनमा निखार ल्याउन
उ आईतबार पनि कालोबजारी (Black) मा
काम जानको लागि
आफ्नो शरिरलाई अभ्यस्त रहन
आदेश दिईरहन्छ

उ महिनामा नेपाली रुपैयाँ अन्सार
लाख भन्दा त बेशी आम्दानी गर्छ
तर बचेको चत
ए बुझ्नुभएन बचत क्या
तर बचत चैं उही आधा लाख जस्तै नै बस्छ
एउटा चल्तिको उखान जस्तो
महिलाको महिनावारी र पुरुषको तलब
महिनामा एक बार आउँछ
पाँच दिन रहन्छ
र उस्को तनाब छैठौं दिन बाट शुरु हुन्छ
जब देश बाट
परदेशमा खबर एस्तो आउँछ
मासिक साठि वटा नेपाली हजार रुपैंयाका
नोटहरु खातामा जम्मा गरिदिनु
त्यस्को अलावा उस्का साथीभाईले
लौन चकलेट खाने
रहेको कम
र-कम पठा भन्छन
अनि फलानो ठाउँमा यो सहयोग
चिलानो ठाउँमा मेलामा सौजन्य
उ मौन बसिदिन्छ

उ दिन भरको कामले
बेलुका थकान
उपहार लिएर आउँछ
साझँको खाना , भोलिको खाना खाजा को
बन्दोवस्ती गर्दै गर्दा
केही थान आत्मिय मन
जस्लाई उ बिदेशमै आएर
आफ्नो ठानिदिएको छ
उनै सङ्ग एक्छिन
गफ्फिदाँ गफ्फिदैँ
रात छिप्पाँउछ
र जान्छ आफ्नो शयनकक्षमा
जो नामले शयनकक्ष मात्रको हो
खासमा टिनको डब्बा
जो बिना एयर कन्डिसनको छ
कन्टेनर भन्न खोजेको घुमाएर
दिउँसो भरको प्रचण्ड तापले
डब्बाको विशिष्ट ताप धारण क्षमता
भेट्न खोजेकै हुन्छ
त्यस्तैमा उ रातको
आराम गर्ने गलत प्रयास गर्छ
जस्मा उ
ऐले सम्म सफल भएकै छैन ।

उ मध्य रातमा निदाउनु अगावै
तिनवटा नित्यकर्म जरुर गर्दछ
पहिलो
आमा बाट सिकेको शिरानीमा शिर पछारेर
बिच्छ्यौनामा शरीर
लम्पसार पारिदिए पश्चात्
हरि ईश्वर भगवान पुकार्न बिर्सिदैन
भलै उ,
कुनै धर्म मान्दैन
तर सबै धर्म मानिदिन्छ,
आफ्नै ठानिदिन्छ ।
दोस्रो
उ आफुँलाई असाध्य माया गर्ने
उस्को हितैसी स्नेही
साथी जस्ती
दिदिका छोराछोरी
यानकी उस्का भान्जा भान्जीको
जस्लाई उस्ले महाराज , महारानी
नामाकरण गरिदिएको छ
उनिहरुका तत्कालिन प्राप्त भएका चर्तिकलाका
केही थान भिडियो , तस्विर
अवलोकन गर्छ ।

तेस्रो र अन्तिम काम
उस्लाई बर्षौं अगाबै
सायद उस्को गरिबी देखेरै छोडेर जाने
उस्कि
तथाकथित आत्मिय स्त्री
जो अर्कैकी परस्त्री भैसकेकी छ
उसै सङ्ग गरेको अन्तिम
१ घण्टाको बार्तालाप सुन्दै
आफ्ना ती प्रेमिल दिनहरुको
प्रमाण स्वरुप कैद गरिएका
तस्विर हेर्दै लोलाउँछ
अनि नेपथ्यमा घन्काँउदै सुनिदिन्छ
उस्कि आत्मिय स्त्री
जो परस्त्री भैसकी
हो उसैले
औधी रुचाएको गाना
अन्त माया लाको भए नलुकाउ भो तिमिले🙏 ।
………

यी डट मा धेर कुरा छुटेका छ्न्
ती बिस्तारै उदागर होलान ,

अब आफैँ सोच्नोस त
बिदेशमा आएर कस्को चैँ
आत्मा शान्त हुन्छ
त्यसैले सबै आप्रवासीहरु
जो देश छोडेर बिदेश आएका छन
ती सबै अशान्त आत्मा हुन
ती मध्यको एक म हुँ ।

 

-ईश्वर पौडेल ‘शर्माजी’
पोखरा हाल पोर्चुगल

कमेन्टहरु
Loading...