चितवनबाट हेटौंडा आउँदै गरेको बा. ८ ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा बसेका यात्रुको झोलाले लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैबीच, मकवानपुर प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरियालीबा खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा ७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
ब्लोनको घरमा चेकजाँच गर्ने क्रममा दराज र पलङमा लुकाएर राखेको अवस्थामा एक हजार ४० ट्याब्लेट ट्रामा, ५२५ ट्याब्लेट नाईट्रोभेट र १० बोतल मोरक्स पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।