पोखरा । चर्चित र्यापर आशिष राना लाउरे विरुद्ध जिल्ला प्रहरी कार्यलय कास्कीले आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका अनुसार जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार बस्ने लाहुरे भन्ने आशिष राना सहित पोखरा २१ घर भई छोरेपाटन बस्ने ध्रुब बहादुर थापा, रुपा गाउँपालिका ७ घर भई बगर बस्ने बिक्की भन्ने नबिन कुमार गुरुङ र स्याङ्जा भिरकोट ६ घर भई हाल सभागृह बस्ने सुस्मिता गुरुङ विरुद्ध लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको हो ।
प्रहरीले आरोपितहरुको साथबाट ०.५१ ग्राम ब्राउनसुगर र सभागृह स्थित सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम समेत गरी जम्मा १३.०१ ग्राम ब्राउनसुगर,डिजटल तराजु १ थान, नगद रु.३८,३५० रुपैयाँ, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरेका जनाएको छ ।