काठमाडौँ । प्रहरीले ३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ १० जनालाई ३३ लिटर रक्त चन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाकाले बताएको छ ।
एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुन्छ । रक्तचन्दन नेपालबाट चीनतर्फ तस्करी हुँदै आएको छ ।
पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका-६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी-९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका-६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई रहेका छन् ।