कौडा खेल्ने १५ जना आँबुखैरेनीबाट पक्राउ

तनहुँ संवादाता । प्रहरीले कौडा खेलिरहेको अवस्थामा १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा विकास गुरुङ, प्रितम गुरुङ, गंगाराम मिश्र, प्रकाश खनाल, मेखबहादुर गुरुङ, बिनय गुरुङ, देवेन्द्र सेढाई, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पुर्ण गुरुङ, अन्जन गुरुङ, आसिस गुरुङ, शिवराज गुरुङ, पुर्णबहादुर गुरुङ र खड्कबहादुर गुरुङ रहेका छन् ।

कौडा खेलिरहेको अवस्थामा शनिबार राति आँबुखैरेनी गाउँपालिकाको वडा नम्वर १ समस्तिपुर स्थित क्वीन वी रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘उनीहरुको साथबाट नगद एक लाख तेह्र हजार दश रुपैयाँसहित १६ थान कौडा बरामद गरिएको छ,’ उनले भने । पक्राउ परेकालाई जुवा सम्वन्धि कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको छ ।

कमेन्टहरु
Loading...