फरक क्षमता भएका व्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण सुरु

तनहुँ संवादाता । तनहुँको देवघाटमा फरक क्षमता भएका व्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ ।

देवघाट गाउँपालिकाको आयोजनामा फरक क्षमता भएका ब्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण घुम्ति शिविर कार्यक्रम आइतबारबाट सुरु भएको हो ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उचित तरिकाले पहिचान गरि सरकारबाट पाउने सेवा सुबिधा ब्यवस्थापनमा कुनै कमि नहुने बताए ।

त्यस्तै ४ नम्बर वडाका वडाध्यक्ष पदम बहादुर गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको क्षमतालाई पहिचान गरि सरकारले सम्मान गर्नुपर्ने बताए । ‘अपाङ्गता भएका ब्यक्तिहरुको हक हितको लागि सधै सहयोग गर्नुपर्छ,’ उनले भने ।

कमेन्टहरु
Loading...