नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूले आज शनिबार प्रदेशको पहिलो बैठक सम्पन्न गरेको छ ।
नेकपा एसका केन्द्रिय सदस्य तथा विद्यार्थी सह-इन्चार्ज मोहन गौतमको प्रमुख आथित्यतामा सम्पन्न बैठकमा अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव राजनशर्मा पराजुली, मेगनाथ चापागाईं , स्थायी कमिटी सदस्य सन्तोष अधिकारी र सन्तोष न्यौपाने लगायत विद्यार्थी नेताहरुको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश अध्यक्ष ठाकुर शर्मा पराजुलीले गरेका थिए ।
कार्यक्रमा बोल्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलिले विद्यार्थी आन्दोलन दबाब र जागरणको भुमिकामा अब्बल बनाउदै, आफ्नै नेतृत्वले वा जो कोहिले गरेका गलत कामको भन्डाफोर गर्दै नयाँ सोच, विचार र आचरणलाई आत्मसात गर्दै अगाडी बढनु पर्ने धारणा राखे ।
प्रमुख अतिथि मोहन गौतमले पहिलेको अनुशासनको पर्यायवाची थियो, रचनात्मक आन्दोलनको सिपाही रहेको अनेरास्ववियू आज केही ले आफ्नो जस्तै झन्डाको दुरुपयोग गरि सत्ता र सक्तिको भजनमन्डलि बनिरहेको भन्दै अनेरास्ववियूलाई सहि दिशा बोध गर्न केन्द्र र प्रदेशको टिम सफल हुने अपेक्षा राखे ।
पहिलो बैठकले गण्डकी प्रदेश भरिका सबै जिल्लामा संगठन निर्माणको कामलाई तिब्रता दिने निर्णय गरेको छ । साथै प्रदेशको रिक्त जिम्मेवारी उपाध्यक्षमा सचिन लुइँटेल, एकराज आचार्य , सचिवमा गोविन्द महत, सहसचिवमा नवदुर्गा कडेल लगायतलाई जिम्मेवारी प्रदान गरिएको उपमहासचिव राजनशर्मा पराजुलिले बताए ।
उनका अनुसार अबका दिनमा प्रदेश स्तरीय बैठक, प्रशिक्षण लगायतका कार्यलाई प्राथमिकतामा राखी काम गर्ने समेत बैठकले गरेको छ ।
विद्यार्थी नेता सन्तोष न्यौपानेले केही समयपछी व्यबहार र योजनाका बारे जनताले बुझेपछी एकीकृत समाजवादी जनताको प्यारो पार्टी बनेर कम्युनिस्ट आन्दोलनकै नयाँ उदाहरण हुने बताए ।