बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउने भएकी छन् । राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आएर केही समय ढोरपाटन क्षेत्रमा बिताएर भोलि नै फर्कने राष्ट्रपतिको भ्रमण तालिका रहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारि दिए।
राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।