अलमुताइरीले गरे सम्झौता थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) संग तीन वर्षको सम्झौता गरेका छन्। उनले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताएका छन् ।

प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन्।

यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए।

एन्फाको प्राविधिक कमिटीको सिफारिसमा अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकका रुपमा एक वर्षको सम्झौतासहित नियुक्त भएको त्यहिबेला एन्फाले बताएको थियो।

 

कमेन्टहरु
Loading...