पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।
जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर सोमबार राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ। भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए।
मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
उनले भने, ‘हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधारण घरबाहिर निस्केका थिए।’