तनहुँ संवादाता । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ । जुवाखाालबाट काशीराम पन्थसहित हरीबहादुर पन्थ, सुरज पन्थ, बिनोद पन्थ, उमानन्द तिवारी, तिलकबहादुर गुरुङ, र प्रमनध्वज थापामगरलाई नियन्त्रणमा लिइएको हो ।
व्यास नगरपालिका– १ मोहोरीयाटार स्थित काशीराम पन्थको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरिक्षकसहितको दश जनाको टोली गई खानतलासी गर्दा घरधनी पन्थसहित सात जनालाई तास खेलिरहेको अवस्थामै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘उनीहरुलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो,’ उनले भने । ‘जुवाखालबाट नगद ४७ हजार ६ सय ८० रुपैयाँ बरामद भएको छ ।’
उनीहरुलाई जुवासम्वन्धि कसुरमा जिल्ला प्रसासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।