लमजुङमा बाल हिंसा न्युनिकरणमा सञ्चारकर्मीको भुमिका सम्बन्धी अन्तरक्रिया

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा बाल हिंसा न्युनिकरणमा संचाकर्मीको भुमिका सम्बन्धी अन्तरक्रिया गरिएको छ । शिक्षाको लागी राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति लमजुङको सहयोग र नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजना उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले बाल हिंसा सम्बन्धी समाचार आफ्ना संचार माध्यमबाट सम्पे्रषण गरेर हिसिंत व्याक्तिलाई उजागर गर्दा खेरी बाँकी पाउने सेवा सुविधाका आस गर्ने र त्यस्तो हुदाँपनि जिम्मेबार निकायको ध्यान आकर्षण नहुने बताए ।

बाल हिंसा न्युनिकरण सम्बन्धी धेरै कार्यक्रमहरु गरेपनि हिंसा न्युनिकरण चाँहि कम मात्रामा भएको पुर्व केन्दि«य सदस्य नविन कुइकेलले बताए । कार्यक्रमलाई सहजिकरण गर्दै पुर्व केन्दि«य सदस्य किसान संगित नेपालीले संविधानमा बाबा आमा बिना पनि जन्मदर्ता बन्ने बनाउने व्यबस्था भएपनि कार्यन्वयनमा भने अझै आउन नसकेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...