साफ च्याम्पियनसीप उपाधिका लागि नेपाल र भारत भिड्दै

माल्दिभ्समा जारी साफ च्याम्पियनसीपको १३औं संस्करणको उपाधिका लागि शनिबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाली समयअनुसार राति पौन ९ बजे हुने फाइनलमा खेलमा नेपाल इतिहास रच्ने दाउमा हुनेछ ।

नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो । तर, भारतले सात पटक उपाधि जितिसकेको छ ।

गत बुधबार बंगलादेशसँग बराबरी खेलेर नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालले पहिलो दुई खेल जिते पनि भारतसँग भने पराजय व्यहोरेको थियो ।

कमेन्टहरु
Loading...