म्याग्दी । संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धौलागिरि हिमालको पहिलोपटक आरोहण गर्ने नेपाली महिला पूर्णिमा श्रेष्ठको टोलीलाई सोमबार बिहान बेनीमा सम्मान गरिएको छ । पासाङ ल्यामु शेर्पासँगै धौलागिरि आरोहण गरेर हेलिकप्टरबाट बेनी आइपुगेकी श्रेष्ठलाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ र धौलागिरि पर्यटन परिषद्ले सम्मान गरेका हुन् । पूर्णिमा श्रेष्ठको टोलीलाई सोमबार बिहान बेनीमा सम्मान गरिएको छ ।

तस्वीर: रासस