लमजुङ । लमजुङ प्रहरीले ९ बर्षदेखि फरार रहेका लागु औषधका फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका वडा नं. ७ का ३२ बर्षीय रविन्द्र घलेलाई सोमबार पक्राउ गरेको हो ।
बेंसीशहर–७ मा लुकिछिपी बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय,लमजुङबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार पक्राउ परेका घलेलाई ४ बर्ष ६ महिना २९ दिन कैद र ३ हजार रुपियाँ जरिवाना हुने गरी मुद्दा फैसला भएको थियो । पक्राउ परेका रविन्द्र घलेलाई सोमवार नै जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।