पोखरा । प्रेस चौतारी नेपाल कास्कीले गण्डकी प्रदेश आम सञ्चार ऐन २०७७ फिर्ता गर्न माग गरेको छ ।
प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीले प्रेस विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश सरकारले प्रदेश सभा पेश गरेको विधेयकले लोकतन्त्र र प्रेस स्वतन्त्रता प्रति गम्भिर प्रहार गरेको भन्दै फिर्ता गर्न माग गरेका हुन् ।
विज्ञप्तीमा विधेयक फिर्ता लिई पुर्नलेखन नगरेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
प्रेस चौतारीले विधेयकको विपक्षमा आवाज उठाउन सबै पत्रकार र सम्बद्ध संस्थाहरुलाई आव्हान समेत गरेको छ ।