कास्कीमा निषेधाज्ञा हट्यो : क्लब,डान्सबार, दोहोरीलाई राती १ः३० बजेसम्म सञ्चालन अनुमति

पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा जारी निषेधाज्ञा हटाएको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विज्ञप्ती जारी गर्दै असोज १ गतेदेखी लागू हुनेगरि विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै शैक्षिक संस्थाहरु स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितमा पठनपाठन कार्यक्रम सञ्चालन गर्न सकिने जनाएका छन् ।

कोभिड १९ संक्रमण बढेपछि जारी निषेधाज्ञा हटेसंगै रात्रीकालिन व्यवसायहरु नाचघर, क्लब,डान्सबार, दोहोरी स्वास्थ्य मापदण्ड पालना गरि राति १ः३० सम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । भने होटल तथा रेष्टूरेण्टहरु राती ११ ः३० सम्म सञ्चालन गर्न सकिने छ ।

No photo description available.

कमेन्टहरु
Loading...