पोखरा । कुस्मा नगरपालिका ३ दुर्लुङ स्थित भिरमुनीमा यहि भदौ १७ गते आएको पहिराका कारण क्षति पुगेका तथा विस्थापनमा परेका पिडितहरुलाई सहयोग गरिएको छ । लियो क्लव अफ पोखरा चौतारीका अध्यक्ष उत्तम पौडेलको समन्वयमा नगद २० हजार सहयोग हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अनुरुप सहयोग गरिएको क्लवका निवर्तमान अध्यक्ष किरण अधिकारीले जानकारी दिए ।
२०८२ मंसिर ११ गते बुधबार