एकीकृत समाजवादी गण्डकी प्रदेशको अध्यक्षमा तुल बहादुर गुरुङ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी)ले गण्डकी प्रदेश कमिटी निर्माण गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले प्रदेशका सिनियर नेता तुल बहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी निर्माण भएको हो । त्यसैगरि प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बरालसहित १३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ ।

गण्डकी प्रदेश साविक धौलागिरी अञ्चल र गण्डकी अञ्चल मिलेर बनेको हुँदा उपाध्यक्ष र २ सचिव पद अहिलेलाई खालि राखिएको छ ।

साथै बैठकले १० बुदे ठोस कार्यक्रमका साथ युद्दस्तरमा कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरको छ ।

गण्डकी प्रदेशका अध्यक्ष बनेका गुरुङ अनेरास्ववियुको दुई कार्यकाल केन्द्रिय अध्यक्ष सम्हालिसकेका र इमानदार तथा निष्ठावान नेताको छवि बनाउन सफल नेता मानिन्छन् । गुरुङ पूर्व मन्त्री पनि हुन् ।

कमेन्टहरु
Loading...