पर्वतमा पहिरो प्रभावित क्षेत्रमा मन्त्रीस्तरीय अनुगमन, १५ घर तत्काल सार्नु पर्ने निश्कर्ष

पर्वत । गण्डकी प्रदेश प्रदेशका ११ जिल्ला मध्ये कुश्स्मा नगरपालीका वाड नम्बर ३ दुर्लुङ कुनपा ११ पकुवा लगायत विभिन्न ठाउमा भाद्र १७र१८ गतेको पछिल्लो वर्षादका कारण धेरै धन जनको क्षती पुगेको छ।

पर्वत जिल्लाका पहीरो प्रभावित क्षेत्रमा प्रदेश स्तरीय अनुगमन गरीएको छ । गण्डकी प्रदेश उर्जा जलश्रोत खानेपानी मन्त्रालयको पहीरो प्रभावितलाई राहत वितरण सहीत अनुगमन गरेको हो ।

उर्जा तथा जलश्रोत मन्त्री हरि शरण आचार्यको टोलिले पिडित परिवारलाई राहत विवरण गर्नुको साथै पहीरो प्रभावितहरुको गुनासो संकलगन गरेको छ । आचार्यले कुश्मा नगर पालिका तीन दुर्लुगका एकै घरमा पाँच जनाको पहीरोका कारण ज्यान गुमाएकाहरुलाई दुइ लाख पचास हजार राहत हस्तान्त्रण गरेका हुन् ।

राहत हस्तान्त्रण गर्दै मन्त्री आचर्यले पहाडी भुगोल जलवायु अनुकुलन विकासको अवधारण अनुसार विकासका पुर्वाधारको को काम नहुँदा वर्षेनी जिल्लाकाले धन र जन को क्षती व्यहोर्नु परेको बताउँदै नितीगत रुपमै जनवायु अनुकुल विकास गर्नु पर्ने बताए । धेरै स्थानका पहीरो खसेका कारण एकिकृत वस्ती विकासको अवधारणामा गण्डकी प्रदेश लागि प्रर्ने आचार्यले बताएका हुन् ।

यस्तै कुश्मा नगर पालिका ११ शिल्मी र पकुवामा भएको पहीरोको विवरण संकलनको लागि टोलिले अनुगमन गरेको छ । अनुगमनमा पहीरो प्रभावितहरुले वर्षाका कारण घर गुमाएकाहरुलाई आवासको व्यवस्थापन गर्न माग गरेका छन । पहीरोले सडक खानेपानी विजुली समेतमा क्षती पु¥याएका कारण छिमेकीमा आश्रय लिएर वस्तै आएको बताएका छन् ।

गत भदौ १७ गतै राती आएको अविरल वर्षामा गएका पहीरोका ११ जनाको ज्यान गएको जिल्लामा कुश्मा नगर पालिकाका दुई वडामा धेरै क्षती पुगेको छ । वडा तह र वस्ती वस्तीमा गरीने सडक विकास कारण पनि पहीरोको क्षती बढी भईरहेका कारण केन्द्र प्रदेश र स्थानीय तहहरुले समन्वय गरेर विकासे काम गर्न आवश्यक रहेको जन प्रतिनिधिहरुले बताएका छन् ।

विषय गत कार्यलय र मन्त्रालय स्तरीय टोलिले प्रभावित क्षेत्रमा तत्काल खानेपानी र विद्युत व्यवस्थापन गर्न विषयगत निकायहरुलाई निर्देशन समेत दिएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ढाकाराम गौतम, निर्मल जि सी देबि लामिछाने सुनिल पौडेल देव जङ्ग क्षेत्री रबिन आचार्य, बिण्णु अधिकारी पिडित परिवारको गुनासो लिखित रुपमा सकंन गरेका थिए साथै अनुगनमा स्थानीय जन प्रतिनिधि जिल्ला प्रशासन ,सिचाई डिभिजन कार्यलय खानेपानी कार्यलय लगायतका कार्यलयहरुको सहभागिता रहको थियो । अनुगनको टोलिले १५ घर तत्काल सार्नु पर्ने निश्कर्ष निकालेको छ ।

-महेन्द्र जिसी

 

 

कमेन्टहरु
Loading...