लमजुङ प्रहरीद्धारा ६ जना फरार प्रतिवादी पक्राउ

लमजुङ संवादाता । जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गरेको छ ।

शनिबार २ र आईतबार ४ गरी ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध मुद्धाका ९ बर्षदेखी फरार रहेका बेसीशहर नगरपालिका वडा नं.–७ बस्ने बर्ष २९ को अम्मर बहादुर गुरुङलाई शनिबार लुकिछिपी बसेको अवस्था जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यस्तै चोरी मुद्धामा फरार रही १८ दिन कैद र रु २० हजार ३ सय २५ जरिवाना भएका जिल्ला लमजुङ बेसिशहर नगरपालिका वडा नं.–४ बस्ने २३ बर्षिय रविन गुरुङलाई बेसीशहर नगरपालिका वडा नं–९ बाट पक्राउ गरेको हो ।

यसै गरी बहुबिबाह मुद्धामा २० बर्षदेखी फरार रही १ महिना कैद सजाय भएका जिल्ला लमजुङ बेसीशहर नगरपालिका वडा नं. ३ बस्ने ४५ बर्षिय मिन कुमार श्रेष्ठ राईनास नगरपालिका वडा नं. ६ मा लुकिछिपि बसेको अबस्थामा आईबार पक्राउ गरेको छ ।

जालसाजी मुद्धाका १ जना सम्बन्ध बिच्छेद मुद्धाका १ जना र लुटपिट मुद्धाका १ जना गरी ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई आईतबार जिल्ला अदालत लमजुङमा पेस गरेको थिए । तिमध्ये अम्मर बहादुर गुरुङ, मिन कुमार श्रेष्ठ र रविन गुरुङ कारागार चलान भएका छन अन्य ३ जना जरिवाना वापतको रकम बुझाई छुटेका छन् ।

कमेन्टहरु
Loading...