पाठकको आँखामा… ‘सूचनाको बाघ अर्थात् गन्थन’

गन्थन डटकमले व्यवसायीक यात्राको आज पहिलो वर्ष पार गरेको खवर थाहा पाउँदा निकै खुसी लागेको छ । खुुसी यस अर्थमा कि पछिल्ला ३ सय ६५ दिन जे जसरी वाच्यो एक पाठकको आँखा वाट हेर्दा बाघ भएर वाचेको छ । कुनै भावनामा बहेर भनिएको शव्द होईन वाघ । आम पाठकले गण्डकी प्रदेशवाट एउटा सत्य र विश्वास गर्न लायक संचारगृह अनि त्यसमा जनआवाज खोजी रहेका थिए दशकौंवाट । हो त्यहि भोक गन्थन डटकमले मेटाएको छ । त्यसैले मैले संचार माध्यमहरुको राजाको उपमा दिएको हो ।

प्रशंग सुरु गरे गन्थन डटकमको पहिलो दिनको यात्रालाई सम्वोधन गर्दै तत्कालिन सम्पादक दिपक कुमार श्रेष्ठको सम्पादकीयवाट । उनले लेखेका सम्पादकीयको पहिलो वाक्यमै लेखेको थिए–“करिव १ दशक अधिदेखी खबरयात्रामा निरन्तर रहेको गन्थन डटकम अहिले केही नयाँ कलेवर र साजसज्जामा जनमानससमक्ष आएको छ ।” अनि अन्तिम परिक्षदको पहिलो हरफमा यो प्रतिवद्धता जनाएका थिए–“नागरिकको अभिव्यक्ति हाम्रो समाचार । अल्पमत र आवाजविहीनलाई समेट्ने प्रयास सदैव रहनेछ ।”

साच्चै गएको एक वर्षलाई फर्केर हेर्दा गन्थनले सुरुवादी प्रतिवद्धता पुरा गरेको छ । को कती पुरानो अनि पहिला के ग¥यो भन्ने कुराले खासै अर्थ राख्दैन त्यसोत अव ईतिहासको व्याजले खान मिल्ने र पुग्ने वेला पनि रहेन, त्यसैले अस्वस्थ्यहरुको भिडमा आफुलाई सवै दृष्टिकोणवाट सक्षम र स्वस्थ्य सावित गर्नु पनि आफैमा चुनौती थियो तर पनि चुनौतीलाई सामना गर्दै जनमनको साथी वन्न सकेकोमा नियमित पाठकका हिसावले म भन्दा खुसी को होला र ?

पैसावालाको भजन गाएर आफ्नो हैषियत पैसामा दाज्ने संचारकर्मको भीडमा जनआवाजलाई आफ्नो हैषियत ठान्नु आफैमा उत्कृष्ठ कार्य हो गन्थन डटकमका लागि । राजा जनताको उठिवास वनाएर रमाउन सक्दैनन् उनले जनताको मन जितेर आफुँ खुसी हुने हो । गन्थनले यहि भनाईलाई आत्मसाथ गरेको छ ।

कोरोना माहामारीको विचमा सवै संचारगृह वन्द हुँदा र संचारकर्मीको विचल्ली पारेका साहुहरुको भिडमा आफुहरुलाई नया संचार उद्यमीका रुपमा परिभाषित गर्न खोज्नु साह्रै मुर्खतापुर्ण कार्य थियो होला । त्यसो त अधिक मान्छेले विश्वासै नगर्ने अनलाईनलाई पछिल्लो समयमा टोल टोलमा गन्थन बिनाको समाचार सम्प्रेसण खल्लो हुने जनआधार सृजना गर्न सक्नु साच्चीकै व्यवसायीक पत्रकारिता र चौथो अंगको धर्म निर्वाह गरेर एक्लो वृहस्पती वनेको छ ।

केहि समय अगाडिमात्रै मनाङ्गमा वाढीले भएको जनधनको क्षतीको विषयमा होस् वा गत वर्ष ढोरपाटनमा भएको वाढीको क्षती नै किन नहोस् । अनि कोरोना कालमा संचारक्षेत्रले गर्नृ पर्ने जनचेतना होस् वा सरकारी लापर्रवाहीका कुरा नै किन खरो रुपमा जनमनको गन्थन बनेर बाेलेको समाचार पढेको आजै जस्तो लाग्छ ।

यहि समाजमा रहेर सुचना प्रवाहको काम गरिरहदा गन्थन पुर्ण रुपमा दुधले नुहाएको भने छैन कारण हो जनताले छिटो विश्वास गर्ने र आफुँलाई त्यहि समाहित गर्ने दृश्य माध्यमलाई पछाडी छोड्नु आफैमा पुर्ण संचारकर्म होईन । यसो भनिरहदा पाठकका लागि समाचारीय मुल्य मान्यता र विषयवस्तुमा कमजोरी नदेखिनु भने अव्वलता नै हो ।

नियमित पाठकको दृष्टीकोणवाट हेर्दा गन्थनमा कहिल्यै व्यापारी उद्योगीले कती करोडको गाडी चढे भन्ने समाचार पढ्न पाईएन, पाइयो त केवल जनताको करमा किन यति महंगो गाडी किनेको भनेर प्रश्नमात्रै तेर्साएको । यस अर्थमा आज खुलेर भन्न मन लागेको छ गन्थन मेरो मनको गन्थन हो । मेरो समाजको गन्थन हो । अनि देशको आवाज हो ।

हो आवाज विहीनहरुको आवाज हो । सयौ वर्ष आवाजविहिनको आवाज वन्न सकोस् अनि श्रव्य दृश्य समाचारकालागि अर्को विकल्प प्रयोग गर्ने अवस्था सृजना नहोस् । आउँदा वर्ष वाघको स्थान र चिलको आखावाट समाजलाई हेर्दै हरेक नागरिकलाई सत्कर्म र सकारात्मक उर्जा प्रदान गर्न सकोस् शुभकामना ।

कमेन्टहरु
Loading...