कविताः देश मेरो डूब्दै छ, यहाँ नाटक नौटंकी चल्दै छ (भिडियो सहित)

सबिता आचार्य /

 

देश मेरो डूब्दै छ ।

नाटक नौटंकी चल्दै छ ।।

ढलिसक्या मेरो देशलाइ खै कस्ले उठाउँछ ।

बस् मेरो देशमा त नाटक र नौटंकी चल्दै छ ।।

 

दिँनहु दिन निर्दोष छोरी बलात्कारमा मारिन्छन्, आफ्नै जेठाजुले बूहारी काट्छ ।

कडा कानून भए पो देशमा कोही अपराध गर्न पनि डराउँछ । नेपाल बन्द भनिदियो नेपाल बन्द गरिदियो ।।

कुर्ची जोगाउन कार्यकर्ता सडक तताउँदै हिँड्यो ।

देश बनाउँछु भन्नी त धेरै आए आखिर बोली एउटा व्यवहार एउटा भयो ।।

 

जनताले सोच्नु पर्छ । हाम्रालाई छोडी सबैले राम्रालाई रोज्नु पर्छ ।

देश विकास गर्ने छवि भा नेता अब हामीले खोज्नुपर्छ ।।

खै सत्तामा बसेको विकास गर्न हो कि ।

जनताको आँखामा धुलो छर्न हो ।।

https://fb.watch/6dwro2495E/

कमेन्टहरु
Loading...