पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिम बिक्रम शाहीको स्वास्थ्य अवस्था बुझ्न पुगेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रशासनले भेट्न नदिएपछि फर्किएका छन् ।
चरक अस्पतालमा उपचाररत सांसद शाहीलाई कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ , आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ , प्रदेश सांसद इन्द्रधारा विष्ट लगायतको टोली अस्पताल पुगेका थिए ।
तर अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षा देखाउँदै भेट गर्न नदिएको हो ।
अस्पतालले सांसद शाहीको स्वास्थ्य सामान्य रहेको जानकारी मुख्यमन्त्रीलाई गराएको थियो ।