सांसद शाहीको कोरोना रिपोर्ट: एकै समयमा आएका दुई रिपोर्ट फरक-फरक

पोखरा । कोरोना पोजेटिभ आएर अस्पताल भर्ना भएका जनमोर्चा सांसदको दुई ओटा रिपोर्टमा फरक फरक नतिजा देखिएको छ ।

बैशाख १४ गते गण्डकी प्रदेश सभाका स्वाब लिइएको सांसद शाहीको रिपोर्ट बैशाख १५ गते बिहान ७ः३० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत नेगेटिभ आएको छ ।

जसले उनमा कोरोना संक्रमण नभएको पुष्टी गर्दछ । तर आज एकाएक सांसद गायब भएपछि बैशाख १५ गते साँझ सार्वजनिक लाइफ केयर डाइनग्लोस्टीकको रिपोर्ट पोजेटिभ आएको छ ।

उक्त रिपोर्टमा सांसद शाहीको स्वाब परिक्षण बैशाख १४ गते साँझ ४ बजे गरेको स्पष्ट उल्लेख छ । भने रिपोर्ट बैशाख १५ गते बिहान ७ः३० बजे आएको जनाइएको छ ।

 

 

कमेन्टहरु
Loading...