पोखरा, ९ माघ। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताअन्तर्गतबिहीबारको खेलमा सहारा क्लब र विष्णुपादुका क्लब हेमजा विजयी भएका छन् भने संगम क्लब र सत्य क्लब तथा रामघाट क्लब र एलजी एशोसिएसन बराबरीमा रोकिएका छन्।पोखरा रड्डशालामा भएको पहिलो खेलमा समूह सी को संगम क्लबलाई सत्य युवा क्लबले एक–एक गोलको बराबरीमा रोकेको छ।सत्यका लागि दोस्रो हाफको २५ मिनेटमा हेमन्त गुरुङले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए तर त्यसको पाँच मिनेटमै संगमका कुमार गुरुङले गोल गर्दै बराबरीमा ल्याए। खेल त्यत्तिमै सकियो र दुवैले एक–एक अड्ढ बाँडे। बराबरीसँगै चार अड्ढ जोडेको संगम समूहको शीर्ष स्थानमै छ।सो खेलमा सत्य क्लबका सञ्जीव गुरुङले एलोकार्ड खाएका थिए।
दोस्रो खेलमा समूह बी को एलजी एशोसिएसन पनि रामघाट क्लबसँग गोलरहित बराबरीमा रोकियो। एक–एक अड्ढ बाँडेको रामघाट समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समान अड्ढ भए पनि एलजी चार दोस्रो स्थानमा झरेको छ। तेस्रो खेलमा समूह बी कै सहारा क्लबले भदौरे क्लबलाई ३–० ले पराजित गरेको छ।सहाराको जीतमा अनिल गजुरुङले दुई तथा मनिष श्रेष्ठले एक गोल गरेका थिए।अघिल्लो खेलम एलजी एशोएिसनसँग हार बेहोरेको सहारा जीतसँगै समूहको तेस्रो स्थानमा उक्लिएको छ। दुवै खेलमा हार बेहोरेको भदौरे लिगचरणबाटै बाहिरिने सम्भावना बढेको छ।
सो खेलमा सहाराका सुनिल गुरुङ तथा भदौरेका श्रीजन गुरुङ र अनिल गुरुङले एलोकार्ड खाएका थिए। चौथो खेलमा समूह सीको विष्णपादुका क्लब हेमजाले पहिलो जीत हात पार्दा ड्यामसाइड क्लबले हार बेहोरेको छ। विष्णुपादुकाले ड्यामसाइडलाई ३–० ले हरायो। विष्णुपादुकाको तर्फबाट शंकर थापा, नोर्वु र अशोक नेपालीले एक–एक गोल गरेका थिए। जीतसँगै तीन अड्ढ हात पारेको विष्णुपादुका समूह सी को दोस्रो स्थानमा उक्लिएको छ।