दिपक के श्रेष्ठ
हिमाली जिल्ला डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव ढकालले चैते दशैंको अवसरमा कोतपूजा गरेका छन् ।
दशैंको पूजा गर्दै प्रजिअ ढकालले जिल्लामा कोरोना भाइरको संक्रमण हुन नपाओस् भन्ने कामना गरे । त्यस्तै, जिल्लामा शान्ति सुरक्षा कायम होस् भन्ने कामनासहित पूजा गरिएको ढकालले बताएका छन् ।
चैते दशैं र बडादशैंमा सरकार मातहतका सेना र प्रहरीले कोतमा बलीसहित पूजा गर्ने परम्परा रहेको छ । ढकालले बली भने चढाएनन् । यसको सट्टा उनले खड्गसहित पूजा गरे ।
४ महिनाअघि डोल्पा पुगेका ढकालले डोल्पालीको सुख शान्तीको कामना गर्दै भने ‘चैते दशैंको अवसरमा डोल्पावासी लगायत सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’
प्रजिअ ढकालले २ हप्ता अघि जिल्लामै पहिलोपटक सरकारी गाडी भित्र्याउन सफल भएका थिए । उनले जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहने गरी महिन्द्रा कम्पनीको बोलेरो जीप डोल्पा पु¥याएका हुन् ।
तस्बिरः माधव ढकाल
सम्बन्धित समाचार