काठमाडौं । रुकुम पश्चिमसहितका विभिन्न स्थानबाट ७ जना नक्कली डाक्टर पक्राउ परेका छन् ।
नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना डाक्टरलाई रुकुम पश्चिमसहितका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । डाक्टरको नक्कली प्रमाणपत्र पेश गरेर रुकुम पश्चिमको चौरजहारी अस्पतालमा काम गरिरहेका डा.दीपेन्द्र गौतमसहित ७ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी सहकुल थापाले जानकारी दिएका हुन् ।
ब्युरोको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन नक्कली प्रमाणपत्र पेश गरेका थिए । ‘अपरेसन क्वाक’ सञ्चालन गरेर यस अगाडि पनि प्रहरीले नक्कली चिकित्सकलाई कानुनी दायरामा ल्याएको थियो ।