चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।
गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने ३ जना महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिएका छन् ।
गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट ७ दिनको समय थप गरी अनुसनधान सुरु गरिएको भट्टले जानकारी दिएका छन् । गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको भट्टद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ । रासस