तान्त्रिक प्रायोजनका लागि हातका औंला लाखौंमा बिक्री हुने भ्रममा महिलाको हत्या

कपिलवस्तु । शरीरका विभिन्न अंग तान्त्रि प्रायोजनाका लागि बिक्री हुने लोभ तथा हल्लामा १ जना महिलाको विभत्स हत्या भएको छ । शरीरका विभिन्न अंग महंगोमा बिक्री हुने र तान्त्रिक प्रायोजनाका लागि महत्वपूर्ण हुने हल्ला तथा अन्धविश्वासले गर्दा कपिलवस्तुको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ बुडन्तपुर माइतीघरमा बस्दै आइरहेकी सरजहाँ दर्जीको हत्या भएको हो ।

करिब १२/१३ वर्षदेखि माइतीघर बस्दै आएकी थिइन् । सरजहाँको शव गत चैत्र १२ गते हातका औंला नभएको अवस्थामा बेतिया नदीमो भेटिएको थियो । कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार यो संगठित अपराधको नौलो घटना हो ।

महिलाको हातका औंला प्रतिऔंला ७०/८० लाखमा बिक्री हुने र तान्त्रिक प्रायोजनका लागि काम लाग्ने भन्दै शरजहाँको हत्या पछि औंदा काटेर अगेको प्रहरी प्रमुख अधिकारीले बताएका छन् ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका–७ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–९ शिवनगर डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ल, शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान तथा बेलाल अहमद मुसलमान, शुद्धोधन–५ बिसुनपुराका ५५ वर्षीय रामहरक यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार तथा शुद्धोधन गाउँपालिका–५ शिवालवाका ४५ वर्षीय कृष्ण कुर्मी रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका ६ जनाको साथबाट हत्या गरिएकी शरजहाँको हातका औंला समेत बरामद गरिएको छ ।

शरजहाँलाई हत्याको उद्देश्यसहित बेलाल तथा अब्दुल कलामले फोन गरेर बेतिया नदी छेउको चौरमा बोलाएका थिए । चौरमा सरजहाँ पुगे पछि उनीहरुले सरजहाँको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या पश्चात् उनीहरुले सरजहाँको शव बोरामा राखेर नदीमा बगाइदिएका थिए ।

कमेन्टहरु
Loading...