पोखरा, ५ माघ। तत्कालीन कास्की जिल्ला फुटबल सङ्घका तत्कालीन सचिव बलराम केसीकाृ स्मृतिमा सञ्चालन हुँदै आएको बलराम केसी स्मृति कास्की जिल्लस्तरीय रेडबुल फुटबल प्रतियोगिताआइतबारदेखि पोखरा रड्डशालामा शुभारम्भ भएको छ। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा नवप्रवेशी टीम एलजी एशोसिएसन विजयी भएको छ। निर्धारित ४०–४० मिनेटको खेलमा एलजीले सहारा क्लब पोखरालाई २–१ ले पराजित ग¥यो।

पहिलो हाफको छ मिनेटमै एलन गुरुङकोगोलमार्फत सहाराले अग्रता लिएको थियो। दिनेश श्रेष्ठको पासलाई एलनले फस्टबारमै हेड गरेका थिए। बल नियन्त्रण गर्ने क्रममा एलन गुरुङसँग ठोकिएर घाइते भएका गोलकिपर गणेश पुनको सट्टाबाँकी समय राम थापाले एलजीको गोलपोस्ट सम्हालेका थिए। तर त्यो खुसी नौ मिनेट पनि टिक्न सकेन। १५ मिनेटमा विश्व गुरुङको ब्याक पासलाई विजय गुरुङले भलिमार्फत जाली चुमाउँदै बराबरीमा ल्याए।दोस्रो हाफको चार मिनेटमै एलजीले पेनाल्टी हान्ने अवसर पायो। त्यसमा कप्तान आदर्श शाही कत्ति पनि चुकेनन्।
सहाराका मनिष श्रेष्ठले डिबक्सभित्र ह्याण्ड गरेपछि रेफ्री हरि खड्काले एलजीलाई पेनाल्टी हान्ने अवसर दिएका थिए। २–१ ले पछि परेको सहाराले ५३ मिनेटमा बराबरी गोल गर्ने अवसर खेरा फाल्यो। सन्तोष अर्यालको सीधा लामो फ्रिकिकलाई एलजीका गोलकिपर राम थापाले नियन्त्रणमा लिए। खेलमा अधिकांश समय एलजीले नियन्णमा लिएको थियो। तर पनि बाँकी समयमा थप गोल हुन नसकेपछि समूह बी मा रहेको एलजीले पहिलो खेलमै सहाराबाट महŒवपूर्ण तीन अड्ढ खोस्न सफल भयो।
सहभागी १८ टीमलाई चार समूहमा विभाजन गरिएको छ। समूह ए मा डेभिजफल युथ कलब, अवआदर्श सामुदायिक विकास समाज, एपेक्स क्लब र शीतलज्योति क्लब, समूह बी सहारा, भदौरे, रामघाट र एलजी एशोसिएसन, समूह सीमा संगम एफसी, ड्यामसाइड, सत्य युवा क्लब, विष्णुपादुका क्लब, समूह डीमा पोखरा भ्याली स्पोर्टस् क्लब, एबीसी, इन्द्रेणी क्लब, लेकसाइड क्लब र नयाँगाउँ युथ क्लब रहेका छन्।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला फुटबल सङ्घका सल्लाहकार खेमबहादुर गुरुङले फुटबल खेलले व्यक्तिको मानसिक, बौद्धिक, सामाजिक स्तरमा परिवर्तन ल्याउने बताए। उनले तत्कालीन सचिव बलराम केसीले फुटबलमा देखेको सपनालाई अबको नेतृत्वले पूरा गर्नुपर्ने बताए।
कार्यक्रमका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले पनि बोलेका थिए। कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष गोपीबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राजन पौडेलले गरेका थिए। माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १८ क्लबको सहभागिता रहेको छ। सोमबारदेखि दिनको चार खेल हुनेछ। सोमबार डेभिजफल युथ क्लब र नवआदर्श सामुदायिक विकास समाजबीच बिहान आठ बजे पहिलो, आदर्श युवा क्लब भण्डारढिक र एपेक्स क्लबबीच साढे नौ बजे दोस्रो, सत्य युवा क्लब र ड्यामसाइड युथ क्लबबीच अपरान्ह १२ बजे तेस्रो तथा संगम एफसी र विष्णुपादुका क्लब हेमजाबीच दिउँसो साढे एक बजे चौथो खेल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।