सङ्घर्षमा कलमले सम्झ्यो लुम्ले कविता गाउँ

चैत्र १५ को दिन आकाश खुल्न सकेन । एकातर्फ आकाशमा बादल फाटन् सकेन अर्कातर्फ पोखरेली कवि कलाकारको मनको बादल कोरोनाले फटाल्न सकेन । उपज कविताप्रेमी स्रष्टा साधकको उत्सवको दिन चैत्र १५ उत्सव बन्न सकेन । कवि कलाकार लुम्ले कविता गाउँ पुग्न सकेनन् । यद्यपि सङ्घर्षमा कलम साहित्य समाजले लुम्ले कविता गाउँ घोषणाको दिन विविध कोणबाट गौचन र कविता गाउँको स्मरण गरेको छ ।

कविता गाउँका प्रणेता विनोद गौचनका दाजु विश्वमोहन गौचनले विनोदका विविध आयाम र स्वभावका बारे चर्चा गरे । उनले विनोदलाई साधनामा घडीको सुई सर्दाको आवाज पनि अप्रिय लागेर व्याट्री निकालेर राखेको स्मरण गरे ।

उनले थपे– सबैले बजारमा घर खोज्थे विनोद बजारमा कोलाहल भयो भन्दै शान्त ठाउँ खोज्दै तीन ठाउँमा घर स¥यो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले विनोद गौचनको विनोदप्रियता र साहित्यप्रतिको लगाव स्तुत्य रहेको बताए ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका महासचिव मदन भण्डारीले गौचनको पोखरामा फूल फुल्दैन भित्रको भावभंगीमा केन्द्रित उनको योगदानको स्मरण गर्न आवश्यक रहेको औल्याए ।

गीतकार सुमन श्रापितले विनोद गौचनसँग आफूले केही समय संगत र साहित्यिक कर्म गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको बताए ।
साहित्यकार रामनाथ अधिकारी संगीले नेताको गद्दारीले कवि कलाकार भोकभोकै मर्न परेकोमा चिन्ता व्यक्त गरे ।
गजल सन्ध्या पोखराका पूर्व सह–सचिव विष्णु बास्तोलाले विनोद गौचनका विविधलाई आम जनमानसमाझ पु¥याउन पोखरेली जान्नुपर्ने विचार राखे ।

धार्मिक अभियन्ता वेदनिधि शर्मा अधिकारीले गौचन परिवारको साथ र सहयोगले आफ्नो जिन्दगीमा ठूलो महत्व राखेको बताए ।

संस्थाका संस्थापक अध्यक्ष असफल गौतमले गौचनको योगदानलाई जीवन्त तुल्याउन लुम्ले कविता गाउँलाई क्रियाशील गराउन आवश्यक रहेको जिकिर गरे ।

संस्थाका अध्यक्ष कृष्ण सारथिले संघर्षमा कलमले कविता गाउँ घोषणा हुँदाकै वर्षदेखि निरन्तर आफूलाई क्रियाशील गराउँदै स्रष्टा साधकको सम्मान, कृति प्रकाशन, चर्चा परिचर्चालगायतका कार्य गर्दै आएको बताए ।

उनले गठन हुन लागेको गण्डकी प्रज्ञा प्रतिष्ठानमा दुर्गाबहादुर शाह बाबाले कुलपति, मदन भण्डारी र सुमन श्रापितलगायतले सदस्यमा उम्मेदवारी पेश गरेकामा खुसी व्यक्त गर्दै राम्रा प्रतिभालाई कसैले छेक्न नसक्ने बताए ।

संस्थाका उपाध्यक्ष पूर्ण नेपालीले संस्थाका गतिविधिलाई माया ममता राखेर साथ र सहयोग पु¥याउने सम्पूर्णलाई आभार व्यक्त गर्दै संस्थाले आफ्नो युट्युब च्यानल सक नेपालका माध्यमबाट साप्ताहिक सिर्जनामैत्री कार्यक्रम सर्जाम सञ्चालन गर्दै आएको जानकारी गराए ।

स्मरण रहोस्, २०६५ सालको चैत्र १५ गते कास्कीको लुम्ले गाउँलाई विशेष समारोहका बीच कविता गाउँ लुम्ले घोषणा गरिएको थियो ।

कमेन्टहरु
Loading...