ट्याक्टर दुर्घटना हुँदा घाइते भएका सहचालकलाई नदीमा बगाइदिएको आशंका

स्याङ्जा । ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै सहचालकलाई नदीमा बगाएको आरोपमा १ जना पक्राउ परेका छन् । घटना स्याङ्जाको हो । जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय सुनिल राना रहेका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ अ फ १०२० नम्बरको ट्याक्टरका सहचालक सोही नगरपालिका वडा नम्बर ८ का गणेश गाहा घाइते भएका थिए ।

पक्राउ परेका सुनिलसहित ट्याक्टरका अर्का सहचालकले घाइते अवस्थाका गाहालाई कालीगण्डकी नदीमा फालेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र अधिकारीका अनुसार ट्याक्टरका चालक अमित परियार भने फरार भएका छन् । चैत्र ५ गते उक्त घटना भएपछि चालक अमितसहित सुनिल पनि ट्याक्टर छोडेर भागेका थिए ।

फरार भएका सुनिलले पाल्पा घर भएकी आफ्नी दिदीलाई घटनाका विषयमा सबै जानकारी दिएपछि पाल्पाको प्रहरीमार्फत् आफूहरुले थाहा पाएको डिएसपी अधिकारीले बताएका छन् । उनका अनुसार सुनिलले घटना स्वीकार गरिसकेका छन् । सुनिलसहितका व्यक्तिले नदीमा फलिएको भनेको व्यक्तिको घरबाट पनि कुनै खोजी नभएको प्रहरी बताएका छ ।

कुनै साथीको घरमा छ होला भन्ने सोचले उनको खोजी नगरिएको देखिएको प्रहरीको भनाई छ । नदीमा फालिएका व्यक्तिको शव नभेटिएको गोताखोर मनाइएको डिएसपी अधिकारीले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...