स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
गाउँपालिका अन्तरगत वडा नम्बर ४ कुलुङखोला सानिस्वाराबाट सोही स्थानका २२ वर्षीय प्रेम भुजेल तथा ३६ वर्षीय हेमबहादुदर भुजेल पक्राउ परेका हुन् ।
शिकार खेल्न जंगल जान लागेका हुनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट एउटा भरुवा बन्दुकसहित ५ ग्राम बारुद तथा १७ थान छर्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।