लमजुङ प्रहरीद्धारा एकैदिन लागुऔषध सहित २ यूवक पक्राउ

लमजुङ संवादाता ।

लमजुङ प्रहरीले छुट्टाछुटै ठाउँबाट लागुऔषध सहित २ यूवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोटेवडारबाट खटीएको प्रहरी टोलीले दुई जना यूवालाई छुट्टाछुटै ठाउँबाट पक्राउ गरेको हो । शनिबार बेसीशहर नगरपालिका–१ उदिपुरबाट सुनसरी घर भई हाल सुन्दरबजार नगरपालिका–९ स्थित मोटरसाईकल ग्यारेजमा कार्यरत २४ बर्षिय गणेश भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारीलाई पक्राउ गरी खानतलासी गर्दा निजको साथबाट लागुऔषध सिरिज्याक ११ थान, नोफिन ११ थान र फेरनेरगन ११ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिबार साँझ सुन्दरबजार–७ पाउँदीबाट दोलखाका हाल तनहुँको भानु नगरपालिका १ बस्ने ३२ बर्षिय कृष्णराज गिरी पक्राउ परेका हुन् । पक्राउ परेका गिरीलाई खानतलासी गर्दा सिरीज्याक १५ थान, नोफिन १५ थान र फेरनेरगन १५ थान फेला पारी बरामद गरिएको लमजुङका प्रहरी निरिक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

प्रहरी निरिक्षक पुनका अनुसार पक्राउ परेका दुवै युवकलाई आइतबार जिल्ला अदालत लमजुङबाट १५ दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान अघि बढाइएको छ ।

कमेन्टहरु
Loading...