मानव तस्करको जालो : २६ नेपाली महिला श्रीलंकाको जेलमा

गन्थन डेस्क

मानव तस्करको संगठित जालोमा फस्दा २६ नेपाली महिला हाल श्रीलंकाको विभिन्न जेलमा पुगेका छन् ।

स्थलमार्ग हुँदै खाडी मुलुक जाने क्रममा भारतबाट श्रीलंका पुगेपछि महिलाहरु त्यहाँ थुनामा परेका हुन् । जेलमा परेका नेपाली महिलामाथि श्रीलंका सरकारले अध्यागमन नियम उल्लंघन आरोपमा मुद्दा चलाइरहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हाल कोलम्बोस्थित दूतावाससँग नियमित सम्पर्कमा रहेको बताएको छ । उनीहरुलाई छुटाउने प्रक्रियामा दूतावस लागेको बताउँदै मन्त्रालयले छुट्ने बित्तिकै नेपाल फर्काउने उल्लेख गरेको छ । कतिपय महिलाहरु १ वर्षदेखि जेलमा रहेको मन्त्रालयले बताएको छ ।

उनीहरु कसरी त्यहाँ पुगे भन्नेमा हालसम्म यकिन भएको छैन । मन्त्रालयले यसअघि त्यहाँ जेल परेका १० जनालाई फिर्ता ल्याएर परिवारसमक्ष बुझाइसकेको छ ।

०७३ को अन्त्यमा सरकारले खाडी मुलुकमा महिला पठाउन रोक लगाएपछि मानव तस्करहरुले स्थलमार्ग हुँदै त्यहाँ पु¥याउने गरेका छन् ।

कमेन्टहरु
Loading...