काठमाडौं । नांगो तस्वीर र भिडियो देखाइदिने भन्दै धम्की दिने विनयजंग बस्नेतविरुद्ध सपना रोका मगरले प्रहरीमा जाहेरी दिएकी छन् ।
यसैवर्ष बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनाको चरित्रहत्या गर्दै युट्बयुका भाइरलम्यान बस्नेतले युट्युबमार्फत धम्की दिएका थिए ।
सपनाको जाहेरी दर्ता भएको र बस्नेतलाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिन लागिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोक सिंह जानकारी दिएका छन् ।
आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् ।
म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । पछिल्लो समय सम्बन्धमा खटपट आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका थिए ।